जापान पुगेका हाँस्यकलाकार फुलन्देकी आमा र लोकगायिका गुरुङलाई विमानस्थलबाटै नेपाल फर्काइयो

टोक्यो। तमु धिं जापानले आयोजना गरेको २३ औ रोधी साँझ तथा रजत जयन्ती २०१९ को लागि जापान पुगेका हाँस्यकलाकार उमेश राई (फुलन्देकी आमा) र लोकगायिका सविना गुरुङलाई जापानको विमानस्थलबाटै नेपाल फर्काइएको छ ।
उनीहरु तमु धिं जापानको रजत महोत्सवको अवसर पारेर आयोजना गरिएको रोधी साँझ कार्यक्रमको लागि गएका थिए ।
उनीहरुलाई नेपालस्थित जापानी दूतावासले प्रवेशाज्ञा (भिसा) दिएको थियो तर, विमानस्थलबाट बाहिरिने क्रममा भएको चेकजाँचमा प्राविधिक त्रुटी भएको भन्दै उनीहरुलाई फिर्ता पठाइएको तमु धिं जापानले एक विज्ञप्ति प्रकाशित गरी जानकारी दिएको छ ।

