फरहान अख्तरविरुद्ध मुद्धा, जेल जान सक्ने - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

फरहान अख्तरविरुद्ध मुद्धा, जेल जान सक्ने



एजेन्सी । ‘हिन्दु संगठन’का संस्थापकले शुक्रबार बलिउड अभिनेता तथा निर्देशक फरहान अख्तरविरुद्ध संसोधित नागरिकता कानुनको बारेमा ट्विटरमा गलत तथ्य फैलाएको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका छन् ।

उजुरीमा उनको विरुद्धमा आईपीसीको धारा १२१ (भारत सरकारको विरुद्धमा बोल्ने तथा युद्धको लागि उक्साउने), १२१ ए (भारत सरकार विरुद्ध युद्ध निम्त्याउने बारेमा सोच्ने), १२० बी (आपराधिक गतिविधी सोँच्ने) र ५०५ (समुदायहरुको बीचमा नराम्रो विचार ल्याउने) यी मुद्धाहरु दर्ता गरिएको छ ।

शहरका न्यायधिश र संगठनका संस्थापक करुणा सागरले आफ्नो उजुरीमा आरोप लगाएका छन् की फरहानको अभिव्यक्तिले दलित, मुस्लिमहरु र नास्तिक जनताहरुमा भय पैदा गरेको छ ।

यता सइदाबाद प्रहरी चौकीका प्रहरी निरीक्षक श्रीनिवासका अनुसार घटनाको छानवीन भइरहेको बताएका छन् ।