चक्रवाती आँधी फानी ओडिशाको पुरी तटसँग ठोक्कियो - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

चक्रवाती आँधी फानी ओडिशाको पुरी तटसँग ठोक्कियो



नयाँदिल्ली,  – बंगालको खाडीमा बनेको चक्रवाती आँधी फानी ओडिशाको पुरी तटसँग ठोक्किइसकेको छ । पुरीमा हावाको गती १७५ किलोमिटर प्रतिघण्टा बताइएको छ ।

विशेष राहत आयुक्त विश्नुपद सेठीले यसको जानकारी दिएका हुन् । लगभग १० लाखलाई यी तटीय इलाकाबाट निकालिएको बताइएको छ । भारतीय मिडिया आजतकका अनुसार पुरीमा रुख ढल्दा एकको मृत्यु भएको छ ।

यस्तै, आन्ध्रप्रदेशको श्रीकाकुलम जिल्लामा २० घर ढलेको खबर छ । श्रीकाकुलममा २० घर ढलेका छन् भने कतिमा केही आंशिक रुपमा क्षती भएका छन् । यद्यपी, कोही पनि घाइते भएको जानकारी छैन ।

मुख्यमन्त्री पटनायकले मानिसहरुलाई घरभित्रै बस्न अपिल गरेका छन् ।

बंगालका सबै सरकारी स्कूलले आजदेखि गर्मी बिदाको घोषणा गरेको छ । फानीलाई ध्यानमा राखेर गर्मीको छुट्टी दिइएको हो ।

ओडिशा तटलाई पार गर्योः

फानी आँधीले ओडिशा तट पार गरेको छ । फानीले पुरी तटको १५ किमी दक्षिण पश्चिम तट पार गरेको छ ।