ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ



काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई मंगलबार दिउँसो गौशालास्थित निवासबाट पक्राउ गरेको हो । प्रहरीले न्यौपानेलाई नरेशकुमार न्यौपानेको जाहेरीका आधारमा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार नेपालले गत २१ मंसिर २०७५ मा न्यौपानेलाई ६ लाख रुपैयाँको चेक दिएका थिए । सो चेक बाउन्स भएपछि न्यौपानेले प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा प्रहरीले नेपाललाई पक्राउ गरेको हो ।

नेपालले भने आफूलाई योजनाबद्ध रुपमा फसाइएको दाबी गरेका छन् । उनले घर भाडाबापत न्यौपानेले ६ लाख रुपैयाँ नगद बुझेको र सोही प्रयोजनका लागि त्योभन्दा अगाडि दिएको चेक बाउन्स गरी आफूलाई पक्राउ गरिएको उनको दाबी छ ।