अब यसरी 'फेक आइडी' पत्ता लाग्नेछ फेसबुक र ट्वीटरमा - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

अब यसरी ‘फेक आइडी’ पत्ता लाग्नेछ फेसबुक र ट्वीटरमा



फेसबुक तथा ट्वीटरजस्ता सोसल नेटवर्किंङ साइहरुमा कुनै नक्कली अकाउन्ट पत्ता लगाउन अब सहज हुनेछ । वैज्ञानिकहरुले यसका लागि एक नयाँ एल्गोरिदम विकसित गरेका छन् ।

समाचार अनुसार, यो नयाँ विधि उक्त धारणामा आधारित छ कि नक्कली अकाउन्टमा प्रयोगकर्ताका आचरण सक्कली अकाउन्टमा भन्दा असामान्य हुन्छन् । नक्कली अकाउन्टबाट मानिसहरुले आफ्नो नेटवर्कमा रहेका अन्य प्रयोगकर्तालाई अनावश्यक तथा आपत्तिजनक लिंकहरु पठाउँदछन् ।

इजरायलको बेन गुरियोन विश्वविद्यालयका प्रमुख शोधकर्ता दिमा कगान भन्छन्, हालैका दिनमा प्रयोगकर्ताको गोपनियता सुरक्षित राख्नमा असफलता हात परेको विषया चिन्ताजनक खबर आएका छन् । चुनाव प्रभावित गर्नका लागि रुसद्धारा सोसल मिडियाको प्रयोगको जानकारी आएपश्चात अब सोसल मिडियाका फेक अकाउन्टहरुलाई जरैदेखि उखेलेर फ्याँक्नु आवश्यक भैसकेको छ ।

उनका अनुसार नयाँ एल्गोरिदमको परीक्षण विभिन्न १० प्रकारका सोसल नेटवर्कमा रहेका नक्कली तथा सक्कली डाटा संग्रहहरुमा गरिएको थियो र दुबैमा यो विधिले निकै उत्साहजनक नतिजा प्रदान गरेको छ । सोसल नेटवर्क एनालिसिस एण्ड माइनिंग पत्रिकामा यो शोध प्रकाशित छ ।