फागुन महिना भित्र वाम गठबन्धन नेतृत्वको सरकार बन्ने:खनाल - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

फागुन महिना भित्र वाम गठबन्धन नेतृत्वको सरकार बन्ने:खनाल



लमजुङ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले फागुन महिना भित्र वाम गठबन्धन नेतृत्वको सरकार बन्ने बताएका छन् । लमजुङ सदरमुकाम बेसीशहरमा आयोजित घले ल्होसर कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका खनालले यस्तो बताएका हुन् ।

साथै खनालले सरकार गठन अघि वाम गठबन्धन एकिकृत हुने र संयुक्त सरकार बनाउने दाबि गरे । नेता खनालले अहिलेको सरकार सत्ता लम्ब्याउने खेलमा लागेको आरोप समेत लगाए ।

लोकतन्त्र अझै कमजोर र कलिलो भएको भन्दै अव बन्ने सरकारले लोकतन्त्रलाई संस्थागत गर्न प्राथमिकता दिने उनको भनाई थियो । सत्तासिन दलले जनताको भावना विपरित जनादेशको कदर नगरी लाज पचाएर सत्ता लिप्सामा रहेको समेत खनालले आरोप लगाए ।

जनताको मर्म भावना बमोजिम पार्टी एकतामा समेत कुनै अप्ठ्यारो स्थिति नरहेको उहाँको भनाई छ । नेपाली कांग्रेसले वाम एकता हुँदैन भन्ने हल्ला फैलाएको प्रति उनले त्यो निराधार हल्ला रहेको र कांग्रेसलाई अचम्मित पार्ने गरी एकता प्रक्रिया अगाडी बढ्ने समेत ठोकुवा गरे ।

नेता खनालले सविधानले सवै जातीको मौलिक अधिकार सुनिश्चित गराएको भन्दै घलेहरुको अधिकारलाई पनि सम्बोधन गरेको दावि गरे ।