फेसबुक 'भाईरस'बाट जोगिन यसो गर्नुहोस ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

फेसबुक 'भाईरस'बाट जोगिन यसो गर्नुहोस !



तपाईको फेसबुक वालमा तपाइकै नाम जोडिएर कुनै भिडियो लिंक पोष्ट भयो? वा तपाइलाई थाहै नभइ तपाईको नाममा अरूको अकाउन्टमा गयो? कुनै आकर्षक अफर सहितको म्यासेज पो आयो कि? उत्तेजक भिडियो वा तस्वीरको लिंक छ? ख्याल गर्नुहोस् । यस्ता लिंक असुरक्षित हुन सक्छन् ।

सोलस मिडियामा फिसिङ, ह्याकिङ वा भाइरस फैलाउने बढ्न थालेका छन् । यस्ता गतिविधि तपाईको  फेसबुक, ट्वीटर अकाउन्ट ह्याक गर्न सक्छन् । यीनले कम्प्युटर वा मोबाइल फोनमा भाइरस फैलाउने वा बैंकिङ लगायतका महत्वपूर्ण जानकारी चोरी पनि सक्छन् । तपाइको नाममा गलत संदेश वा तस्वीर पठाएर तपाईको साथीलाई दुख दिन पनि सक्छन् । यो तपाई र तपाईले प्रयोग गर्ने फेसबुक जस्ता प्लेटफर्म दुबै माथिको आक्रमण हो ।

कसरी जोगिने?

यस्ता हानिकारक लिंक फेसबुकमा कसरी फैलिन्छन् भन्ने एउटै कारण छैन् । सँधै एउटै बाटोबाट मात्र यस्ता आक्रमण हुँदैनन्। फेसबुकले आफ्ना प्रयोगकर्ता यस्ता जोगाउन बिभिन्न सुरक्षा अप्नाएकै हुन्छ । तर, ति सुरक्षा उपाय छल्दै जुनसुकै बेला सामान्य प्रयोगकर्ता आक्रमण सिकार बन्न सक्छन् ।

यस्ता सबै आक्रमण उत्तिकै खतरनाक पनि हुँदैनन् । धेरैजसोमा तपाईको लापरबाही पनि जिम्मेवार हुन सक्छ । अलिकति सावधानी अपनाए जोगिन सकिन्छ ।

जथाभावी लिंक क्लिक नगर्नुस्

आफ्नो वालमा वा म्यासेज बक्समा आएको लिंक के हो राम्रोसँग नहेरी क्लिक गर्नु हुँदैन । परिचित वेभसाइटको लिंक वा विश्वास लाग्ने सामग्री नभई क्लिक नगर्नुहोस् । क्लिक नगररुजेल यस्ता लिंकले क्षति गर्न सक्दैनन् ।

फारम भर्दा ख्याल गर्नुस्

कतिपय यस्ता लिंकले तपाईको फेसबुक, इमेल वा अन्य पासवर्ड भर्न फारम उपलब्ध गराउँछन् । यस्तोमा भर्नुभयो भने उनिहरूको हातमा तपाईको पासवर्ड पुग्छ र उनिहरूले चाहे अनुसार प्रयोग गर्न सक्छन् । यस्तो अपराधलाई ‘फिसिङ’ भनिन्छ ।

अनावश्यक इन्टल नगर्नुस्

मोबाइल वा कम्प्युटर ‘फास्ट’ बनाउने, भाइरस हटाइदिने भन्दै आएका जुन पायो त्यही विज्ञापनबाट क्लिक गरेर त्यस्ता सफ्टवयेर इन्टल गर्नु भयो भने पनि भाइरस वा फिसिङको खतरामा पर्ने डर हुन्छ । चलेका र आफु पक्का भएका सफ्टवयेर मात्र इन्टल गर्नु पर्दछ ।

फेसबुकलाई रिपोर्ट गर्नुस्

तपाईलाई शंका लागेको हानिकारक लिंक, अश्लील वा हिंस्रक सामाग्रीबारे तपाइले फेसबुकलाई रिपोर्ट गर्न सक्नुहुन्छ । हेरक फेसबुक पोस्टसँगै बाँयापट्टी आउने एरोमा थिचेर तपाइले यस्तो रिपोर्ट गर्न सक्नुहुन्छ । तपाईको आफ्नो मात्र टाइमलाइनमा नआउने गर्न पनि सक्नुहुन्छ । तपाईको अनुरोध ‘रिभ्यू’ गरेर फेसबुकले यस्तो लिंक वा सामग्री पुरै हटाउन पनि सक्छ ।

facebook_report

फेसबुकको पासवर्ड फेर्नुस्

तपाई असुरक्षित भएको शंका लागेमा तुरुन्त फेसबुकको पासवर्ड परिवर्तन गर्नुहोस् । फेसबुकको सेटीङमा, चेन्ज पासवर्डमा गएर नयाँ पासवर्ड राख्न सकिन्छ । आफ्नो अकाउन्ट ह्याक भएको शंका लागेमा फेसबुकको लिंक https://www.facebook.com/hacked मा गएर फेसबुकलाई तपाईको सुरक्षा अडिट गराउन पनि सक्नुहुन्छ । यहाँबाटै पासवर्ड पनि परिवर्तन गर्न सकिन्छ ।

क्लिकमान्डु