फेसबुकमा विश्वभर समस्या - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

फेसबुकमा विश्वभर समस्या



काठमाडौँ– फेसबुकको म्यासेन्जरमा समस्या देखिएको छ। युरोपमा ४५ प्रतिशत फेसबुक प्रयोगकर्ताको म्यासेन्जरमा समस्या देखिएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।

डेलिमेलका अनुसार बुधवार म्यासेन्जरमा सन्देश पठाउन मिलेको छैन। त्यस्तै कतिपयले म्यासेन्जरमा सन्देश प्राप्त नभएकोले फेसबुकसँग गुनासो गरेका छन्।

म्यासेन्जरको सर्भरका समस्या देखिएको बताइएको छ। नेपालमा पनि केही प्रयोगकर्ताहरूको म्यासेन्जरमार्फत सन्देश पठाउन र प्राप्त गर्न नमिल्ने समस्या देखिएको छ।
यो समस्याको बारेमा फेसबुकले केही बताएको छैन।