फेसबुकमा मोदीको चर्को विरोध गरे सिधै पक्राउ - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

फेसबुकमा मोदीको चर्को विरोध गरे सिधै पक्राउ



मोदीको भ्रमणका क्रममा हुने संभावित विरोध तथा नाराजुलुस निस्तेज पार्न राजधानीबाट २०० भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिने तयारी प्रहरीको छ ।  प्रहरी स्रोतका अनुसार बिहीवार विहानदेखि नै मोदीको विरोधमा उत्रिएका केही व्यक्तिलाई नियन्त्रणमा लिन शुरु गरिसकिएको  छ ।

विहीवार अपराह्नसम्म करिब १ दर्जन व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता र फेसबूकलगायतका सामाजिक सञ्जालमा मोदी भ्रमणको चर्को विरोध गर्ने व्यक्तिलाई पनि नियन्त्रणमा लिइने छ ।

‘बिहीवार विप्लवका केही कार्यकर्तालाई नियन्त्रणमा लिइएको छ,’ महानगरीय प्रहरी स्रोतले लोकान्तरसँग भन्यो, ‘शुक्रवार विहानसम्म करिब २०० जनालाई नियन्त्रणमा लिने तयारी छ ।’
प्रहरीले फेसबूकलगायत सामाजिक सञ्चालमा मोदीको नेपाल भ्रमणको चर्को विरोध गर्ने व्यक्तिलाई समेत पक्राउ गर्ने तयारी गरेको छ ।

‘केही व्यक्ति सामाजिक सञ्जालमार्फत अराजकता फैलाउन उद्दत देखिएका छन् । त्यस्ता व्यक्तिलाई पनि नियन्त्रणमा लिइन्छ,’ प्रहरीका अधिकारीले लोकान्तरसँग भने, ‘लागूऔषध प्रयोग गर्ने तथा पैंसा पाए जे पनि गर्ने नेचर भएका व्यक्तिलाई पनि नियन्त्रणमा लिइन्छ ।’लोकान्तरको सहयोगमा