किन माग्यो सरकारले फेसबुकसँग ११० जनाको विवरण - Himal Post Himal Post
  • ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
Logo

किन माग्यो सरकारले फेसबुकसँग ११० जनाको विवरण



काठमाडौं : नेपालका सरकारी निकायले सन् २०१७ मा ११० वटा एकाउन्टसम्बधी विवरण मागेको तथ्य फेसबुकले सार्वजनिक गरेको छ। यो साता उसले सार्वजनिक गरेको ‘ट्रान्सपरेन्सी’ प्रतिवेदनमा नेपालबाट पटक–पटक गरी ११० फेसबुक एकाउन्टको विवरण मागेको जनाएको हो।

तीमध्ये केहीको मात्रै विवरण उपलब्ध गराइएको फेसबुकको प्रतिवेदनमा उल्लेख छ। सन् २०१७ को जनवरीदेखि जुनसम्म सरकारका विभिन्न निकायबाट ४३ पटकमा ६७ वटा एकाउन्टसम्बन्धी विवरण माग भएको थियो। त्यसमध्ये ४१ वटा एकाउन्टको विवरण कानुनी प्रक्रियाको क्रममा मागिएको थियो।

फेसबुकले सरकारबाट आउने विवरण उपलब्ध गराउनुअघि कानुनी पक्ष बुझेर मात्रै उपलब्ध गराउने गरेको छ।कान्तिपुर दैनिकमा खबर छ