एक्स बक्सर ग्रुप मकाउद्वारा १३औँ सागमा खेलाडी र प्रशिक्षकलाई ट्रयाक वितरण - Himal Post Himal Post
  • १८ माघ २०८२, शनिबार
  •      Sat Jan 31 2026
Logo

एक्स बक्सर ग्रुप मकाउद्वारा १३औँ सागमा खेलाडी र प्रशिक्षकलाई ट्रयाक वितरण



कर्ण बहादुर अधिकारी

नेपाल एक्स बक्सर ग्रुप मकाउद्वारा नेपालमा सञ्चालन हुँदै गरेको १३ औँ साग गेममा सहभागी बक्सिङ खेलाडी तथा प्रशिक्षकहरूलाई हौसला र प्रोत्साहन स्वरूप एक लाख बराबरको ट्रयाक सुट वितरण गरेको छ।

कार्यक्रमका संयोजकद्वय पूर्व बक्सिङ खेलाडी तेजबहादुर चन्द,पश्चिमेली समाज मकाउका अध्यक्ष तथा पूर्व बक्सर श्री पदम सिंह पन्तले नेपाल बक्सिङ सङ्घका प्रमुख कोच प्रकाश थापा मगर तथा कोच डम्बर दत्त भट्टको विशेष आग्रहमा रकम सङ्कलन गरी एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको थियो।

प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना,बक्सिङ सङ्घका अध्यक्ष राम आवाले, सङ्घका उपाध्यक्ष, प्रशिक्षक र पूर्व खेलाडीहरूको उपस्थितिमा रकम वितरण गरिएको हो ।

मकाउमा कार्यरत पूर्व बक्सिङ खेलाडीहरू तेज बहादुर चन्द, पदम सिंह पन्त, शेर बहादुर राना, चण्डी योङ्या, मान बहादुर भण्डारी, राजन डङ्गोल, प्रभु दास थापा मगर नेरू, मान बहादुर श्रेष्ठ , निम रेउले, सुवास थापा मगर, लक्ष्मी इजाम, प्रेम महर्जन, विकास नेपाली, घनश्याम ओली, विष्णु श्रेष्ठ साथै एक्स बक्सिङ समूह मकाउको कोषबाट लगायतबाट सङ्कलन गरी १ लाख १ सय १० रुपैयाँ जम्मा गरिएको थियो।

कार्यक्रममा पूर्व बक्सिङ खेलाडी पन्तले आउँदा दिनहरूमा पनि खेलाडीहरूको मनोबल उच्च राख्नका लागि नैतिक तथा भौतिक रूपमा प्रवासमा रहेर पनि सहयोग र सदभाब रहने बताएका छन्।