एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देखेर भाजपाका नेता छक्क परेपछि... - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देखेर भाजपाका नेता छक्क परेपछि…



काठमाडौं- नेपाली कांग्रेसको शुक्रबारबाट सुरु भएको १४औँ महाधिवेशनको सफताको शुभकामना दिएको छ। काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन सत्र कार्यक्रममा भाजपा नेता हर्षवर्द्धनले भाजपा अध्यक्षसहित नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शुभकामना दिएको जानकारी दिए ।

नेपाल-भारतबीच अद्भूत सम्बन्ध रहेको भन्दै उनले नेपाल संकटमा परेका बेला भारत सहयोग गर्दै आएको र आइरहने बताए। भूकम्प जाँदादेखि कोरोनाभाइरस संक्रमण महामारीका बेला पनि भारतले नेपाललाई सहयोग गरेको उनको भनाइ छ।

कोरोनाभाइरसविरुद्धको खोप तुरुन्त पठाएर महामारी नियन्त्रणमा नेपाललाई भारतले सहयोग गरेको भन्दै उनले दैनिक नेपाल भारतबीचको सम्बन्ध झनै घनिष्ट बन्दै गएको बताए। हर्षवर्द्धनले कांग्रेसकाे याे महाधिवेशनमा धेरै पूर्वप्रधानमन्त्री उपस्थित भएकाे देख्न पाउँदा खुसी लागेकाे बताए।