एउटै विषयमा ओली र प्रचण्डको फरक अडान - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

एउटै विषयमा ओली र प्रचण्डको फरक अडान



काठमाडौं । 

राष्ट्रियसभा गठनबारे एकलसंक्रमणीय मत प्रणाली अस्वीकार्य भएको अडान नेकपा एमालेले राख्दै आएको छ । एमालेसँग पार्टी एकताको तयारीमा रहेको माओवादी केन्द्रले भने कांग्रेसविहीन राष्ट्रियसभा बनाउन नहुने धारणा सार्वजनिक गरेको छ ।

राजनीतिक सहमति गरेर अघि बढ्ने बताउँदै आएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेका अध्यक्ष केपी ओलीलाई फोन गरेरै प्रतिपक्षलाई पनि सम्हालेर लिएर जानुपर्ने सुझाव दिएका छन् । उनले राष्ट्रियसभा गठनबारे आफ्नो फरक मत राखेको प्रचण्डले चितवनको एक कार्यक्रममा बताए । ‘कांग्रेसका साथीहरुको समस्या के भन्ने वामपन्थीहरुले बुझिदिनुपर्ने देखेको छु मैले’, प्रचण्डले भने, ‘बहुमतीयमा गयो भने कांग्रेसको एउटा पनि नआउने भयो, राष्ट्रियसभामा एकजना पनि नआउनु वामपन्थीका लागि पनि धेरै खुसीको कुरा हुँदैन ।’

दुईतिहाई नजिक मत पाएको वाम गठबन्धन बढी सबैलाई मिलाएर लैजानु पर्ने प्रचण्डको अडान छ ।