‘एउटा यस्तो प्रेम कहानी’ को टीजर रिलिज - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

‘एउटा यस्तो प्रेम कहानी’ को टीजर रिलिज



छायांकनरत फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को अफिसियल टीजर सार्वजनिक भएको छ । मंगलवार राजधानीको क्यूज सिनेमा हलमा एक कार्यक्रमका बीच अभिनेता शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको यस फिल्मको एक्सन प्याक्ड टीजर सार्वजनिक गरिएको हो ।

‘एउटा यस्तो प्रेम कहानी’ मा नरेन खड्का, बिष्णु चेम्जोंग, रेखा फागो, बसुन्धरा भुषाल, किरण केसी, मिथिला शर्मा, ध्रुव कोइरालालगायतका कलाकारहरुको पनि अभिनय छ ।

‘मन्दिरा’ निर्देशक दिपेश सापकोटा यस फिल्मका निर्देशक हुन् । ‘बागमती’ निर्माता द्वय यशोदा राई र दिनेश दर्शनधारीले शिवसँग मिलेर यस फिल्मको निर्माण गर्दैछन् । यसको कथा शिव आफैंले लेखेका हुन् । सुशन प्रजापतिले यो फिल्म खिचिरहेका छन् ।

अभिनेता द्वय आयुष्मान देशराज जोशी र संजोग राणा तथा अभिनेत्री द्वय प्रियंका कार्की र वर्षा राउतलाई टीजरमा विशेष फोकस गरिएको छ । यसमा आयुष्मानको एङग्री लुक्स देख्न सकिन्छ । अभिनेता शिव श्रेष्ठ पनि टीजरमा अटेका छन् ।