समानुपातिक परिणाम- एकीकृत समाजवादी झन् पछाडी - Himal Post Himal Post
  • ३ माघ २०८२, शुक्रबार
  •      Fri Jan 16 2026
Logo

समानुपातिक परिणाम- एकीकृत समाजवादी झन् पछाडी



गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ। प्रत्यक्षतर्फका केही सिटको मात्र नतिजा सार्वजनिक हुन बाँकी छ।

समानुपातिकर्फको पनि मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार ९४ लाख ९६ हजार ७१४ मत गणना भइसकेको छ।

जसअनुसार नेकपा एमाले पहिलो दल बनेको छ। एमालेले समानुपातिकतर्फ २५ लाख ७० हजार ८२३ मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ पहिलो बनेको नेपाली कांग्रेसले २४ लाख ३८ हजार ६४४ मत प्राप्त गरेको छ।

तेस्रो स्थानमा रहन नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको उछिनपाछिन चलिरहेको छ। पछिल्लो विवरण अुनसार राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा नेकपा माओवादी केन्द्र २० हजार बढी मतले अघि छ।

नेकपा माओवादी केन्द्रले १० लाख ९२ हजार ५७७ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७० हजार २५३ मत प्राप्त गरेको छ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ४९ हजार १९८ मतसहित पाचौं स्थानमा छ। जनता समाजवादी पार्टीले ३ लाख ४५ हजार १७ मत प्राप्त गरेको आयोगले जनाएको छ।

जनमत पार्टीले २ लाख ८८ हजार २१६ मतसहित सातौं स्थानमा रहँदा एकीकृत समाजवाली २ लाख ६२ हजार ८८४ मत सहित आठौंं स्थानमा छ।