एकैरातमा अर्बपति बने २४ वर्षीय युवा
एजेन्सी- इरिक से एकै रातमा अर्बपति बनेका छन् । २४ वर्षीय उनी स्नातक सकेका युवा हुन् ।
अमेरिकाबाट हालैमात्र स्नातक तहको अध्ययन पूरा गरेका उनलाई मंगलबार परिवारको कम्पनिले झण्डै चार अर्ब अमेरिकी डलर बराबरको शेयर दिएको छ । चार खर्ब नेपाली रुपैयाँ बराबरको सम्पत्तिका मालिक बनेका इरिकका बाबुआमा दुवै सिनो बायोफारमाकिटिकल लिमिटेडका कार्यकारी निर्देशक छन् ।
हङकङका इरिक अब व्यवसायिक जीवनमा सक्रिय हुने देखिएको छ । उनको निकटता विश्वप्रशिद्ध व्यक्तिहरुसँग पनि छ । जसमध्ये गायिका रिहाना, बास्केटबल स्टार याओ मिङलगायत छन् । उनीहरुसँगको तस्बिर इन्सटाग्राममा राखेका छन् ।