इन्जिनियर श्रेष्ठको गीतमा दिलिप र केकीको अभिनय(भिडियो ) - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

इन्जिनियर श्रेष्ठको गीतमा दिलिप र केकीको अभिनय(भिडियो )



ताप्लेजुङ : गायक तथा इन्जिनियर बीरेन्द्र श्रेष्ठ र गायिका अञ्जु पन्तको आवाजमा सजिएको ‘पिरिमको बाढी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

‘एटके एभ्रेष्ट मोसन पिक्चर’ युट्युब च्यानलबाट म्युजिक भिडियो सार्वजनिक गरिएको हो। संगीतकार दिपक शर्माको शब्द तथा संगीत रहेको गीतमा गायक श्रेष्ठलाई चर्चित गायिका पन्तले साथ दिएकी छन्। गीतमा नरेन्द्र वियोगीको संगीत संयोजन छ। सुमधुर गीतको भिडियो पनि दमदार बनेको छ।

भिडियोमा अभिनेता दिलिप रायमाझी र केकी अधिकारीको अभियन छ। प्रकाश धितालले निर्देशनमा बनेको म्युजिक भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी छ। जलविद्युत क्षेत्रमा आफ्नो विशेष पहिचान बनाइसकेका इन्जिनियर श्रेष्ठ गीत संगीतमा पनि सक्रिय छन्। श्रेष्ठले हालसम्म ३० वटा गीत तथा आधा दर्जन बढी म्युजिक भिडियो बजारमा ल्याइसकेका छन्। फुर्सदको समयमा गीत संगीतमानै बढी ध्यान दिन रुचाउने गायक श्रेष्ठले यस अघि टिका भण्डारीको संगीतमा ‘तिम्रो मनसँग आज’, दिपक शर्माको संगीतमा ‘घर हाम्रो लेकैमा’ लगायतका गीतलाई पूर्वका श्रोताले निकै रुचाएका छन्।