नेपाल र चीनबीच २० समझदारी: के के छन् विषय ? - Himal Post Himal Post
  • २१ पुष २०८१, आईतवार
  •      Sun Jan 5 2025
Logo

नेपाल र चीनबीच २० समझदारी: के के छन् विषय ?



काठमाडौं । नेपाल र चीनबीच विभिन्न विषयमा सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीमा सीमापार रेलमार्ग तथा अन्य थुप्रै कुरा समेटिएको बताइएको छ ।

विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार बिहान होटल सोल्टीमा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारीमा पूर्वाधार, स्वास्थ्य, शिक्षा, उद्योग, कृषि, पर्यटन लगायतका विषय रहेको बुझिएको छ । यस्तै काठमाडौ महानगरपालिका र चीनको नान्सी सहर तथा बुटवल उपमहानगरपालिका र सियान सहरबीच भगिनी सम्बन्ध स्थापनाको बारेमा पनि सहमति भएको छ ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीबीच समझदारी पत्र साटासाट गरिएको थियो ।