अन्तिम खेलमा इंग्ल्याण्डको जित - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

अन्तिम खेलमा इंग्ल्याण्डको जित



विश्वकप फुटबलअघिको अन्तिम अभ्यास खेलमा इंग्ल्याण्ड विजयी भएको छ । विश्वकपको पूर्व तयारी स्वरुप बिहीबार राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डले विश्वकपको तयारीमा रहेको अर्को टिम कोस्टारिकालाई २-० ले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा ग्यारेथ साउथगेटको टिम इंग्ल्याण्डले पहिलो हाफमा एक र दोस्रो हाफमा एक गोल गरेको हो । ह्यारी केनको कप्तानीमा रहेको टिमका लागि १३ औँ मनिेटमा मार्कस रासफोर्डले गोल गर्दै सुरुवाति अग्रता दिलाए ।

इंग्ल्याण्डका लागि ७६ औँ मिनेटमा ड्यानी वेलबेकले गोल गरेर २-० को जित दिलाए । यसअघिको खेलमा इंग्ल्याण्डले नाइजेरियालाई हराएको थियो । विश्वकप फुटबल अबको ६ दिनपछि रुसमा सुरु हुँदैछ ।

यो विश्वकपका लागि इंग्ल्याण्ड समूह जी मा छ । यो समूहमा पानामा, ट्युनिसिया र बेल्जियम पनि छन् । यस्तै कोस्टारिका रहेको समूह इ मा ब्राजिल, स्वीट्जरल्याण्ड र सर्बिया छन् ।