कार्यालयको ल्यापटप बोकी २८ कर्मचारी टाप - Himal Post Himal Post
  • १ माघ २०८२, बुधबार
  •      Wed Jan 14 2026
Logo

कार्यालयको ल्यापटप बोकी २८ कर्मचारी टाप



धनुषा–

तत्कालीन जिल्ला विकास समिति धनुषाका कर्मचारीहरू कार्यालयको सामान लिएर फरार भएका छन्। स्थानीय निकायहरू सङ्घीय संरचनामा गइसकेपछि सरुवा भएका कुनै पनि कर्मचारीले कार्यालयका सवारीसाधन, ल्यापटपसहितका सामग्रीहरू फिर्ता गरेका छैनन् ।

कार्यालयमा जानकारी नगराइ सामग्रीहरू लिएर २८ जना कर्मचारी फरार छन् ।

ती कर्मचारीले स्थानीय तहमा सरुवा भएपछि आफूले पहिला प्रयोग गर्दै आएका कार्यालयका सामग्रीहरू अहिलेसम्म बुझाउन नआएको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रामप्रबोध यादवले जनाए।

कर्मचारीले कार्यालयको २० थान मोटरसाइकल, एक थान स्कुटर, १९ थान ल्यापटप, सात थान क्यामेरा, दुई थान मोबाइल र एक थान हेडफोन नबुझाई फरार भएको कार्यालयले जनाएको छ।

कार्यालयको महँगो उपकरणहरू लिएर जिविसका तत्कालीन अधिकारी, अधिकृत, नासु, सुब्बा र कार्यालय सहायकलगायतका कर्मचारीहरू फरार भएका छन्।