एमाले यूवा संघका केन्द्रीय सदस्य काँग्रेसमा प्रवेस - Himal Post Himal Post
  • ६ फाल्गुन २०८१, मंगलवार
  •      Tue Feb 18 2025
Logo

एमाले यूवा संघका केन्द्रीय सदस्य काँग्रेसमा प्रवेस



काठमाडौं/कात्तिक १३ ।

केहि दिन अघी रामेछापको वेथान थानापती लगायतका गाउँका लगभग सबै यूवा काँग्रेसमा प्रवेश गरेका थिए। कम्युनिष्ट गढ मानिएको सो क्षेत्रमा पछिल्लो समयमा माओवादीको प्रभाव ज्यादा थियो। जन्मदै कम्युनिष्ट भएर जन्मिएका बताउने नविन लामा सहितका दर्जनौ माओवादी नेता कार्यकर्ताहरु काँग्रेसमा आएपछि सो गाउँमा काँग्रेसको प्रभाव ह्वात्तै वढेको छ।

स्थानिय यूवाहरु काँग्रेसमा आएपछि त्यसको प्रभाव सिंगो जिल्लामा परेको छ। जिल्लाका काँग्रेस कार्यकर्ताहरु उत्साहित भएका छन्। काँग्रेसीको यो उत्साहलाई अर्का नवप्रवेशीले पनि थपे्का छन्।

एमालेको भातृ संगठन यूवा संघका केन्द्रीय सदस्य समेत रहेका रामेछापका नेता शेर बहादुर तामाङ काँग्रेसमा प्रवेश गरेपछि रामेछापका धेरै एमालेका कार्यकर्ताहरु काँग्रेसको झण्डामुनी भित्र गोलवन्द हुने भएका छन्। रामेछापको एमालेको राजनीतिमा खासगरि तामाङ समुदायका यूवाहरु माझ अत्यन्तै प्रभाव राख्ने शेर बहादर तामाङ काँग्रेसमा प्रवेश गरेपछि समुदायका सबै यूवा काँग्रेसमा आउने विश्वास उनको छ।

काँग्रेसबाट रामेछापमा प्रत्यासी भएका पूर्ण बहादुर  तामाङ कान्छाराम उमेद्वार भएपछि काँग्रेसका आफ्ना मतदाता बाहेक अन्य पार्टीका तामाङ समुदाय सबै उनलाई निशर्त सहयोग गर्न उर्लिरहेका छन्।

शेर बहादुर तामाङ जस्ता यूवाहरु काँग्रेसमा प्रवेश गर्ने कारण तामाङ समुदायको नेताको रुपमा आएका कान्छारामको जिल्लामा र देशको नेतृत्व तहमा वढ्दो प्रभाव पनि हो। यसका अतिरिक्त काँग्रेसको नीतिबाट प्रभावित भएर पनि आफूहरु काँग्रेसमा प्रवेश गरेको तामाङले बताए।

काँग्रेस सभापति शेर बहादुर देउवाले एमाले रामेछापका नेता शेर बहादुर तामाङ सहितका नेता कार्यकर्ताहरुलाई न्यानो स्वागत गरेका थिए। देउवाले रामेछापमा काँग्रेस जिताउने जिम्मा यूवाहरुको काँधमा आएको भन्दै काँग्रेसलाई जिताएर फेरि आफूहरुलाई भेटन आउन भने।