केहि युवाले यसरी बिच्छ्याए एम्बुस - Himal Post Himal Post
  • ११ जेष्ठ २०८२, शनिबार
  •      Sat May 24 2025
Logo

केहि युवाले यसरी बिच्छ्याए एम्बुस



उदयपुर – 

चुनावी सभालाई सम्बोधन गर्न जाँदै गर्दा एम्बुसमा परेर उदयपुर, प्रतिनिधि सभा २ का कांग्रेस उम्मेदवार नारायण कार्कीको हातखुट्टा, आँखा र टाउकोमा चोट लागेको छ । उदय श्री बहुमुखी क्याम्पस कटारीकी नेविसंघ सभापति मीरा कटवालको बायाँ खुट्टा क्षतविक्षत भएको छ।

उनीसहित गम्भीर घाइते तीन जनाको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ। अन्य चारजना सामान्य घाइते छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

कसले राख्यो एम्बुस
मास्क लगाएर आएका युवाले एम्बुस बिच्छ्याएको एक स्थानीय महिलाले बताएकी छन् ।

अनुहार छोपिने गरी मास्क लगाएका युवा जम्मा भएपछि स्थानीय महिलाले सोधपुछ गरेका थिए।

‘सडक बिग्रेको रहेछ। त्यो बनाउन आएका हौं भने। दुई जना रूखमा छेकिएर बसेका थिए। अरू माथि थिएु, घटनास्थलमा आएका महिलाको भनाइ उद्धृत गर्दै घटनाका घाइतेमध्येका एक नवराज पौडेलले भने, ‘बाहिर हल्ला नगर्नू, भनेदेखि मार्छौं भनेर धम्क्याएका थिए।’

चुनावी सभालाई सम्बोधन गर्न जाँदा प्रयोग हुने बाटो बदलेर जाँदा पनि एम्बुसमा परेकाले घाइतेहरू सुनियोजित घटना भएको बताउँछन्।

बाटोभरि खाल्डाखुल्डी छन्। एम्बुस हुन सक्छ है भन्दै फोन आएपछि बाटो नै फेरिएको थियो। उम्मेदवार कार्कीका छोरा निरजलाई फोनमा खबर आएको थियो।

स्थानीय उदयपुरगढी माध्यमिक विद्यालयमा शिक्षक कार्की राजीनामा दिएर राजनीतिमा लागेका थिए। उनी ०७० सालको संविधानसभा निर्वाचनमा विजयी भएका थिए।