इम्बोष्ड नम्बर प्लेट जडान रोक्न सर्वोच्चको आदेश - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

इम्बोष्ड नम्बर प्लेट जडान रोक्न सर्वोच्चको आदेश



काठमाडौँ। सर्वोच्च अदालतले यातायात व्यवस्था विभागलाई इम्बोष्ड नम्बर प्लेट जडान गर्ने कार्य यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ।

प्रदेशको नामाङकन नभई यातायातका साधनमा विभागले प्रदेश एक, दुई भन्दै नयाँ नम्बर प्लेट जडान गर्दै आएको थियो। प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले इम्बोष्ड नम्बर प्लेट जडान गर्ने विषयमा सरकारका नाममा कारण देखाउ आदेश समेत दिएको आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

वातावरणकर्मी भरत बस्नेतले इम्बोष्ड नम्बर प्लेटमा प्रयोग हुने चिप्सले मुलुकको सुरक्षा व्यवस्था जोखिममा पर्न सक्ने भन्दै तत्काल रोक्न माग गर्दै रिट दायर गरेका थिए।

अन्तरिम आदेश सम्बन्धमा छलफल गर्न सर्वोच्चले दुवै पक्षलाई बोलाएको छ।