एमाले सचीव ज्ञवालीले भने चिनको मात्र होइन भारतको पनि रेल आओस् - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

एमाले सचीव ज्ञवालीले भने चिनको मात्र होइन भारतको पनि रेल आओस्



काठमाडौं । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले नयाँ सरकारले चीन र भारत दुबै देशसँग घनिष्ट सम्वन्ध राख्ने बताएका छन् ।

हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर नयाँ सरकारसँँग सहकार्य गर्न इच्छुक रहेको बताएको भन्दै उनले भने, ‘यो भारतको नयाँ नीतिको संकेत हो भन्न्ने हामीले लिएका छौं ।’

शनिबार रिपोटर्स क्लबमा आयोजित साक्षात्कारमा एमाले सचिव ज्ञवालीले अब बन्ने नयाँ सरकारले भारत र चीनसँगको सम्वन्धलाई उच्च प्राथमिकतामा राख्ने बताए । उनले भने, ‘नेपाल सानो होला तर, सार्वभौम राष्ट्र हो र नेपालले अन्तरिक मामिला आफैं समाधान गर्न सक्छ । यति मानिदिए पुग्छ ।’

उनले चिनियाँ मात्र होइन, भारतीय रेल पनि काठमाडौंसम्म आओस् भन्ने चाहेको बताए । केरुङबाट काठमाडौं, पोखरा हुँदै लुम्बिनीसम्म रेल ल्याउन कुरा भइरहेको भन्दै सचिव ज्ञवालीले भने, ‘हामी चाहन्छौं, बरौनीबाट होस् वा रक्सौलबाट होस्, हाई स्पीडको भारतीय रेल पशुपतिनाथसम्म आओस् ।’