एमाले अध्यक्ष ओली नेपाली–चीन नाकाँ रसुवागढीमा - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

एमाले अध्यक्ष ओली नेपाली–चीन नाकाँ रसुवागढीमा



काठमाडौं ।। चुनावमा वाम गठवन्धनले बहुमत हासिल गरेर प्रधानमन्त्री हुने तयारीमा रहेका नेकपा एमालेका अध्यक्ष केपी ओली कांग्रेस सभापति शेरबहादुरले सरकार नछाड्दा केही तनावमा छन् ।

देउवाले राष्ट्रिय सभा गठनको कारण देखाउँदै सरकार छाड्न मानेका छैनन् । जसका कारण वाम गठवन्धनका नेतासहित ओली पनि अहिले केही तनावमा छन् । तनावका बीच मंगलवार एमाले अध्यक्ष ओली नेपाली–चीन नाकाँ रसुवागढी पुगेका छन् ।

काठमाडौंबाट हेलिकप्टर चढेर रसुवागढी पुगेका ओलीले केही समय नेपाल–चीन नाकाको अवलोकन गरे । त्यसपछि नजिकैको टिमुरेमा पुगेर स्वागत तथा बधाई कार्यक्रमलाई सम्बोधन गरे ।

टिमुरेको सभामा ओलीले देशमा लागि समयको बलिदानी र संघर्षपछि राजनीतिक परिवर्तन भएको भन्दै अब आर्थिक विकासको खाँचो रहेको बताए ।

ओलीसँगै एमालेका प्रमुख नेताहरु सुवासचन्द्र नेम्वाङ,  ईश्वर पोखरेललगायत पनि रसुवागढी पुगेका थिए ।

संघीय नेपालको पहिलो निर्वाचनमा बहुमत ल्याएरको पार्टीका अध्यक्ष ओली राजनीतिक खिचातानी चलिरहँदा चिनियाँ नाका पुग्नुलाई केहीले अर्थपूर्ण रुपमा हेरेका छन् ।