एमालेले अर्थमन्त्रीको जवाफ नसुन्ने - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

एमालेले अर्थमन्त्रीको जवाफ नसुन्ने



काठमाडौं- एमालेले बजेटमाथिको मन्त्रालयगत जवाफको क्रममा अर्थमन्त्रीको जवाफ सुन्न आफूहरू तयार नभएकोले उक्त विषय मंगलबारको कार्यसूचिबाट हटाउन माग गरे गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले यस्तो बताएका हुन् ।

अर्थमन्त्रीले बजेट निर्माणको क्रममा विवादित कार्य गरेको घटना सार्वजनिक भएसँगै एमालेले उक्त माग गरेको हो। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुखसँग समय लिएर बोल्दै भट्टराईले कार्यसूचीबाट अर्थमन्त्रीले जवाफ हटाउन माग गरेका हुन्।

उनले भने,‘अर्थमन्त्रीज्यूको कामकारबाहीमाथि यति गम्भीरतापूर्वक प्रश्न उठिसकेपछि फेरि हामी नेकपा एमालेको तर्फबाट उहाँका जवाफहरू सुन्न र उहाँको यो विषयमा छलफल गर्न बिल्कुलै तयार छैनौं सभामुख महोदय। त्यसकारण आजको कार्यसूचिबाट यो हटाइयोस्।’

प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको विषयमा बजेटमाथिको मन्त्रालयगत जवाफको क्रममा मन्त्रीहरुले जवाफ दिइरहेका छन्।