एमालेको उम्मेदवारी दर्ता आजका लागि स्थगित - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

एमालेको उम्मेदवारी दर्ता आजका लागि स्थगित



चितवन। नेकपा एमालेको १० औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज निर्धारित उम्मेदवारी दर्ता आइतबारका लागि सरेको छ।

महाधिवेशनको दोस्रो दिन आगामी पाँच वर्षको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम राखिएको थियो। बिहीबार चितवन आएदेखि नै सहमतिको प्रयास गरेका अध्यक्ष केपी शर्मा ओलीले आज समेत दिनभर जोरबल गरेता पनि सहमति भने हुन सकेन। जसकारण बन्द सत्र समेत निर्धारित समयभन्दा करीब साढे तीन घण्टा ढिलो शुरु भएको थियो।

शुक्रबार बसेको एमालेको हालको केन्द्रीय समितिको अन्तिम बैठकले केन्द्रीय समितिको संख्या २२५ बाट बढाएर ३०१ बनाउने निर्णय गरेको छ भने विधान अधिवेशनले खारेज गरेको पोलिटब्युरो संरचना पनि ब्युँताएको छ। पदाधिकारी संख्या पनि १५ बाट बढाएर १९ पुर्‍याउने निर्णय बैठकले गरेको थियो।

नयाँ नेतृत्वका लागि भीम रावलले ओलीविरुद्ध उम्मेदवारी दिने घोषणा गरेका छन् भने वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुबास नेम्वाङले आकांक्षा देखाएका छन्। यस्तै महासचिवको तयारीमा विष्णु पौडेल र शंकर पोखरेल देखिएका छन्।