मतगणना नसकिँदै नेकपा एसका उम्मेदवारलाई एमालेको बधाई - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

मतगणना नसकिँदै नेकपा एसका उम्मेदवारलाई एमालेको बधाई



हेटौँडा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको भन्दै एमालेका उम्मेदवारले मतगणना सक्किनु अगावै बधाई दिएका छन् ।

गठबन्धनबाट मेयरमा मिनाकुमारी लामा र उपमेयरमा राजेश बानियाँको अग्रता लिएका छन् । हेटौँडा २ स्थित सिदार्थ माविमा रहेको मतगणना स्थलमा पुगेर एमालेका मेयर उम्मेदवार अनन्त पौडेल र उपमेयर उम्मेदवार सुमित्रा काफ्लेले उनीहरूलाई बधाई दिएका हुन् । पौडेल र काफ्लेले जित नजिक रहेका लामा र बानियाँलाई बधाई दिँदै खादा ओडाइदिएका छन् ।

हेटौँडामा अहिले मतगणना जारी छ । हालसम्म ७० हजार मतगणना भैसकेको छ । ७३ हजार ४१४ मत खसेको हेटौँडामा अब करिव ३ हजार मतगणना हुन बाँकी छ । ३ हजार मतगणना बाँकी रहँदा मेयर उम्मेदवार लामाले २ हजारभन्दा माथिको मतान्तरले अग्रता लिएकी छिन् । उता उपमेयरमा राजेश बानियाँको मतान्तर करिब ८ हजार छ ।