बलात्कारीले चलाएको महायज्ञमा मन्त्री समेत गएकोमा एमालेको गम्भीर आपत्ति - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

बलात्कारीले चलाएको महायज्ञमा मन्त्री समेत गएकोमा एमालेको गम्भीर आपत्ति



काठमाडौं- नेकपा एमालेले बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्ण गिरिले पशुपतिनाथ मन्दिर परिसरमा महायज्ञ सञ्चालन गरेको र उक्त कार्यक्रममा सरकारका मन्त्री तथा महान्याधीवक्ता समेत सहभागी भएको विषयमा गम्भीर आपत्ति जनाएको छ ।

आज प्रतिनिधिसभाको बैठकमा एमाले सांसद शिवमाया तुङ्वाहाम्फेले बलात्कार आरोपितलाई थुनामा राखेर अनुसन्धान गर्नुको साटो महायज्ञ सञ्चालन गर्न दिएर उनैबाट आशीर्वाद लिने काम गरेर सत्ता पक्षले पीडितलाई थप पीडा दिने काम गरेको बताइन् ।

उनले यस घटनाबाट पीडितलाई मनोवैज्ञानिक असर परेको बताउँदै छानबिनकाे माग गरिन् ।