एमालेकै सांसदद्वारा सरकारको चर्को बिरोध ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

एमालेकै सांसदद्वारा सरकारको चर्को बिरोध !



काठमाडौं-

संघीय संसदमा सत्तारुढ दलका सांसदले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई प्रशिक्षण दिन माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै एमाले सांसद निरु पालले मुख्यमन्त्रीलाई प्रशिक्षण दिने कि नदिने भनी सरकारलाई प्रश्न गरेकी हुन् ।

‘हामी वामपन्थीहरु त अध्ययनशील हुन्छौं, प्रशिक्षण लिउँला, तर त्यस्ता मुख्यमन्त्रीलाई प्रशिक्षण दिने कि नदिने म सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु’, उनले भनिन् । भारतीय प्रधानन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा जनकपुरमा आयोजित कार्यक्रममा प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले विभेदकारी संविधानविरुद्ध संघर्ष गरिरहेको अभिव्यक्ति दिएका थिए ।

मोदी आएका बेला जनकपुरमा नेपाली राष्ट्रिय झण्डाको आकार र रङ थाहा नपाउने कर्मचारीलाई मात्र नभइ मुख्यमन्त्रीलाई समेत स्पष्टीकरण सोध्नुपर्ने सांसद पालले बताइन् ।

राष्ट्रियताको सवालमा पछिल्लो समय प्रधानमन्त्रीका बारेमा विभिन्न टीका टिप्पणी भइरहेको भन्दै उनले तत्कालिन समयमा नाकाबन्दीलाई होइन भन्नु र प्रधानन्त्रीले सम्बन्ध सुधार्नुपर्छ भनेर मित्रराष्ट्र भारतका प्रधानमन्त्रीलाई स्वागत गर्दा लम्मसारवाद भन्नु दुवै अतिवाद हुने टिप्पणी गरिन् ।