यी हुन् काठमाडौंका १० क्षेत्रमा एमालेका उम्मेदवार, विद्यासुन्दर शाक्य पनि परे
काठमाडौं- नेकपा एमालेले काठमाडौंका १० वटै क्षेत्रबाट प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस गरेको छ ।
काठमाडौं जिल्ला कमिटीले दशवटै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारको सिफारिस गर्न क्षेत्रीय कमिटीहरुलाई दिएको डेडलाइनभित्र वुधबार अधिकांश क्षेत्रबाट नाम सिफारिस भएको छ ।
जिल्ला पदाधिकारी बैठकले प्रतिनिधिसभातर्फ उम्मेदवारको नाम सिफारिस गर्न वुधबार एकै समयमा क्षेत्रीय कमिटी बैठक आह्वान गरेको थियो । दशवटै क्षेत्रबाट सम्भावित उम्मेदवारको सिफारिस भएको छ भने केही नाममा छलफल चलिरहेको एमाले काठमाडौंका एक पदाधिकारीले बताए ।
उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको नाम काठमाडौं ८ बाट सिफारिस नभए पनि उनले चाहेमा टिकट पाउने बताइएको छ । यसबाहेक सिनियर नेताहरु रघुजी पन्त र कृष्णगोपाल श्रेष्ठ सिफारिसमा परेका छन् भने काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यको नाम दुई क्षेत्रबाट सिफारिस भएको छ ।
त्यस्तै, काठमाडौं ७ बाट दुईपटक जितेका सांसद रामवीर मानन्धर यसपटक सिफारिसमै आउट भएका छन् । वरिष्ठ अधिवक्ता टिकाराम भ्टराई काठमाडौं १ बाट सिफारिस भएका छन् । त्यस्तै पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको काठमाडौं ५ मा एकल नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर २ मा मणिराम फुयाल, ३ मा कृष्ण राई र ८ मा राजेश शाक्यको पनि एकल नाम सिफारिस भएको स्रोतले जनाएको छ । कतिपय क्षेत्रमा सर्वसम्मत नभएकाले सबैको नाम सिफारिस भएको हो ।
यी हुन् प्रतिनिधिसभामा १० वटा क्षेत्रमा सिफारिस भएका उम्मेदवार:
क्षेत्र नम्बर १: विदुर मैनाली, रुपनारायण श्रेष्ठ, टीकाराम भट्टराई, क्षेत्र नम्बर २: मणीराम फुयाल, क्षेत्र नम्बर ३: कृष्ण राई, क्षेत्र नम्बर ४: डा.राजन भट्टराई, निर्मल कुइकेल, क्षेत्र नम्बर ५: ईश्वर पोखरेल, क्षेत्र नम्बर ६: योगेन्द्र संग्रौला, लेखनाथ फुयाल, कल्पना रिजाल, प्रेमराज सिलवाल, माता प्रताप थापा, मीना थापा, हरिशरण तिमल्सिना, क्षेत्र नम्बर ७: इन्दिरा पन्त, विपी ढकाल, श्याम घिमिरे, विद्यासुन्दर शाक्य, रघुजी पन्त, क्षेत्र नम्बर ८: राजेश शाक्य, क्षेत्र नम्बर ९: कृष्णगोपाल श्रेष्ठ, विद्यासुन्दर शाक्य, अजय क्रान्ति शाक्य, क्षेत्र नम्बर १०: विनोद श्रेष्ठ, शरब महर्जन, रमेश महर्जन, सुरेन्द्र मानन्धर, शम्भुराम महर्जन