पाँच स्थानमा धाँधली भएको भन्दै एमालेले दियो उजुरी - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

पाँच स्थानमा धाँधली भएको भन्दै एमालेले दियो उजुरी



काठमाडौँ । दोलखाका पाँच मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै एमालेका उम्मेदवारले उजुरी दर्ता गराएका छन्।

एमाले उम्मेदवार बालकृष्ण सिवाकोटीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका हुन्।

जिल्लाका १० स्थानमा सत्तागठबन्धनले बुथ क्याप्चर गरेको एमालेको आरोप छ। तीमध्ये पाँच ठाउँमा पुनः मतदान गर्न माग गर्दै उजुरी दिएको एमालेले जनाएको छ।