प्रतिनिधि सभातर्फ नेकपा एमाले नै बन्यो सबैभन्दा ठूलो पार्टी
मंसीर ४ गते प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष तर्फ ११ वटा पार्टीले एक–एक जना मात्रै उम्मेदवार उठाएका छन्।
निर्वाचन आयोगका अनुसार राष्ट्रिय समाजवादी पार्टी, इतिहासिक प्रजातान्त्रिक जनता पार्टी, किरात खम्बुवान साझा पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, ताम्मसालिङ लोकतान्त्रिक पार्टी, नेपाल नौलो जनवाद पार्टी, मितेरी पार्टी, राष्ट्रिय नागरिक पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), साझा पार्टी नेपाल र सामाजिक एकता पार्टीले प्रतिनिधि सभा प्रत्यक्ष तर्फ एक एक जना मात्रै उम्मेदवार उठाएका हुन।
राष्ट्रिय जनमोर्चा, तराई मधेश लोकतान्त्रिक पार्टी, नेपाल विवेकशील पार्टी सहित ८ दलबाट दुई दुई जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ।
१६५ निर्वाचन क्षेत्रका लागि चार वटा पार्टीले मात्रै १०० भन्दा बढी उम्मेदवार उठाएका छन्। जसमध्ये नेकपा (एमाले)ले सबैभन्दा बढी उम्मेदवारी दिएको छ। एमालेका १४१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४०, राष्ट्रिय स्वतन्त्र पार्टीका १३१ र नेपाल मजदुर किसान पार्टीका १०९ उम्मेदवार छन्।
सत्तारुढ नेपाली कांग्रेसले ९१, मंगोल नेसनल अर्गनाइजेसनले ८८, जनता समाजवादी पार्टीले ७९, हाम्रो नेपाल पार्टीले ६२, राप्रपा नेपालले ५८, राष्ट्रिय जनमुक्ति पार्टीले ५६, जनमत पार्टीले ५४ र लोकतान्त्रिक समाजवादी पार्टीले ५१ जना उम्मेदवार उठाएका छन्। अन्य दलहरूका ५० भन्दा कम उम्मेदवार छन्।