एमालेसँग एकता नहुन सक्छ:प्रचण्ड - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

एमालेसँग एकता नहुन सक्छ:प्रचण्ड



नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतामा पछिल्लो समय कालो बादल मडारिरहेको देखिन्छ ।

दुबै दलका पछिल्ला अभिब्यक्तिमा पनि त्यो स्पष्ट देखिएको छ । ओलीले सोमबार माओवादी अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै एउटा ट्वीट गरे जसमा प्रचण्डलाई एकताबाट भाग्न खोजेको आरोप लगाइएको छ । त्यस अघि प्रचण्डले पनि माअ‍ेवादीका एजेण्डा छोडेर एकता गर्न नसकिने आफ्ना कार्यक्रतालाई बताएका थिए ।
यस्तैमा अध्यक्ष प्रचण्डले एकताका लागी एमालेसंग चारवटा बिषयमा सहमति भएको हल्लामा सत्यता नरहेको स्पष्ट पारेका छन् ।

सिहदरबारमा मंगलबार बसेको माओबादी संसदीय दल बैठकमा प्रचण्डले आफु र प्रधानमन्त्री केपी ओलीबीच पार्टी एकताका लागि अहिलेसम्म कुनैपनि सहमति नभएको भन्दै समानताकै आधारमा एकता गर्ने पक्षमा रहेको बताएका हुन् । बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले समानतालाई स्वीकार नगरि अघि बढ्न खोजे एकता प्रक्रिया पनि अवरुद्ध हुने उल्लेख गरेका थिए ।

आगामी आर्थिक बर्षको बजेटका विषयमा छलफल गर्न बोलाईएको बैठकमा प्रचण्डले घोषणपत्रमा उल्लेख विषयलाई धेरैभन्दा धैरै समेटेर बजेट निर्माणमा ध्यान दिन पनि माओवादीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाइ निर्देशन दिएका थिए । अहिलेसम्म बजेटका विषयमा आफुहरुसंग छलफल नै नभएको माओवादी मन्त्रीहरुले बताएपछि प्रचण्डले यस विषयमा प्रधानमन्त्री ओलीसंग छलफल गर्ने आश्वासन दिएका थिए । बैठकपछि माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले अहिलेको सरकार अरुभन्दा भिन्न भएकाले जनताको अपेक्षा पुरा हुनेगरी बजेट ल्याउनुपर्नेमा अध्यक्षले जोड दिएको जानकारी दिए ।

बजेट निर्माणका प्रदेशका सांसदहरुसंग पनि समन्वय गर्दे अघि बढ्ने र कानुन निर्माणका लागी कानुनविद संग पनि छलफल गर्दे कानुन बिभाग गठन गर्ने निर्णय बैठकले गरेको गुरुङले बताए ।