गगन थापालाई एमाले सांसदको प्रश्न: चारपाटे मुढाउने कि आफै झुन्डिने ? - Himal Post Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

गगन थापालाई एमाले सांसदको प्रश्न: चारपाटे मुढाउने कि आफै झुन्डिने ?



काठमाडौं- नेकपा एमालेकी एक सांसदले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई कडा प्रश्न गरेकी छन् । एमाले सांसद रेखा कुमारी झाले महामन्त्री गगनकुमार थापालाई आफै झुन्डिने हो कि थानकोट काट्ने भन्दै प्रश्न गरेकी छन्।

बिहीबारको संसद बैठकमा रेखा झाले एमसीसी सदनबाट अनुमोदन गर्ने बेला कांग्रेस महामन्त्री थापाले अमेरिकी सेना आउँदैन, सेना आएमा आफूलाई नागरिकता छिनेर थानकोट कटाइयोस् भनेको स्मरण गर्दै अब झुन्डिने कि थानकोट काट्ने भन्दै कडा टिप्पणी गरेकी हुन्।

उनले नेपालमा अहिले अमेरिकी सेनाको बाक्लो आवतजावत भएको र १० बुँदे मस्यौदा पठाएर अमेरिकी सेनालाई नेपालमा राख्ने अत्यन्तै दबाब आएको भन्दै एमाले सांसद झाले गगनलाई केन्द्रीत गरेर प्रश्न गरिन । चारपाटे मुढाउने र थानकोट कटाउने कुरा के भयो उनले गगन थापालाई भनिन् ।

उनले भनिन्, ‘१० बुँदे सहमतिमा नेपालमा सेना राख्ने र नेपाली सेनाजस्तै अधिकार दिनुपर्छ भनिएको छ। यसअघि नेपालमा अमेरिकी सेना आउँदैन भनेर कुरा उठेको थियो, यदि अमेरिकी सेना आयो भने चारपाटे मुढाउने, थानकोट कटाउने, टुँडिखेलमा झुण्डिनेसमेत एक जना सत्ता पक्ष माननीयज्यूले गर्नुभएको थियो। अब अमेरिकी सेनालाई टुँडिखेल हस्तान्तरण गर्ने कि आफू झुण्डिने मेरो प्रश्न छ।’