एमालेको नेतृत्व चयनका लागि नयाँ आचारसंहिता जारी - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

एमालेको नेतृत्व चयनका लागि नयाँ आचारसंहिता जारी



चितवन- नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारले समूहगत प्रचार गर्न नपाउने भएका छन्।

एमालेको केन्द्रीय निर्वाचन आयोगले आचारसंहिता जारी गरी समूहगत प्रचारमा रोक लगाएको हो। आचारसंहितमा भनिएको छ, “उम्मेदवार तथा मतदाताहरूले व्यक्तिगत आधारमा बाहेक समूहगत आधारमा प्रचार प्रसार गर्न, प्रचार सामग्री प्रकाशन तथा वितरण गर्न, मत माग्न र नामावली बाड्न पाइनेछैन।”

यससँगै प्यानलको सूची बनाएर मतदान गर्न पनि नपाइने भएको छ। “समूहगत रुपमा लेखिएको उम्मेदवारको नामावली लेखिएको वा छापिएको सामग्रीहरू हेरी मतदान गर्न पनि निषेध गरिएको छ,” आचारसंहितामा भनिएको छ।

एमालेको १०औं राष्ट्रिय महाधिवेशन १० मंसीरमा चितवनको नारायणी नदी किनारमा उद्घाटन गरिएको थियो। आजदेखि सौरहाको होटल सेभन समिटमा बन्द सत्र शुरू हुँदै छ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार आज उम्मेदवारी दर्ता र दाबी विरोधको कार्यतालिका रहेको छ। यससँगै आजै उम्मेदवारी फिर्ता र उम्मेदावरको अन्तिम नामावली प्रकाशन गरिनेछ। आइतबार बिहानैदेखि मतदान हुनेछ।