बिहानै एमाले दोस्रो तहका नेताहरूको बैठक: थप छलफल गरेर संयुक्त बैठक बस्ने - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

बिहानै एमाले दोस्रो तहका नेताहरूको बैठक: थप छलफल गरेर संयुक्त बैठक बस्ने



काठमाडौं– विभाजनको डिलमा पुगेको नेकपा एमालेमा आशाका तन्द्राहरू देखिन थालेका छन् । एमाले ओली समुहले महाधिवेशन अओजक कमिटी भङ्ग गरेसँगै दुवै पक्षका दोस्रो तहका नेताहरू संवादमा जुटेका छन् ।

एमालेमा देखिएको विवाद समाधान गर्न सक्रिय रुपमा लागेका दोस्रो तहका नेताहरू बिहिबार बिहानै पनि संवादमा जुटेका छन् । उनीहरू बिहिबार बिहानै बैठक बसेर साझा सहमतिको खोजी गर्ने प्रयास गरेको स्रोतले बतायो ।

बिहानै बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ तथा शंकर पोखरेल सहभागी थिए। त्यसैगरी माधव नेपाल समूहबाट घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे तथा भीम आचार्य सहभागी थिए।

यसअघि पनि एमालेको विवाद मिलाउन निरन्तर अटिरहेका यी नेताहरू माधव नेपालसमूह माथि गरिएको कारबाही फुकुवा भएपछि एकता प्रक्रिया अगाडी बढेको भन्दै संवादमा जुटेका हुन् । बुधबार महाधिवेशन आयोजक कमिटी भंग गरी एमालेले २०७५ जेठ २ अघिकै पदाधिकारीका हैसियतमा माधव नेपाल पक्षसहितको बैठक बोलाएको छ।

आजको बैठकमा ओली पक्षका नेताहरुले शुक्रबारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकमा नेपाल पक्षलाई पनि सहभागी हुन आग्रह गरेपछि थप छलफल गर्नुपर्ने भन्दै नेपाल समुहले बैठकको मिति सार्नुपर्ने बताएका थिए । नेपाल समुहका नेताहरूले जेठ २ गतेकै सहमतिलाई कसरी कार्यान्वयन गर्ने भन्ने प्रशंग उठाएका थिए । उनीहरूले जेठ २ भनिएपनि त्यसमा जालझेल गर्न खोजिएको बताएका थिए ।

बैठकमा उपस्थित हुन ओली समुहले आग्रह गरेपछि नेपाल पक्षले भने केही विषयमा थप छलफल आवश्यक रहेकाले बैठक सार्न प्रस्ताव गरेको बताइएको छ।

आज हेका छलफलबारे शीर्ष नेतासंग छलफल गरी बिहीबार फेरि बैठक बस्ने दुवै पक्षबीच सहमति भएको बताइएको छ ।