एमालेकी केन्द्रीय सदस्यले गरिन् पार्टी परित्याग - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

एमालेकी केन्द्रीय सदस्यले गरिन् पार्टी परित्याग



काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला सहईन्चार्ज रीता कुमारीले पार्टी परित्याग गरेका छन् । आज (बिहीबार) एक विज्ञप्तिमार्फत पार्टी अध्यक्ष कार्यशैली तथा नीतिप्रति असन्तुष्टि जनाउँदै एमाले परित्यागको घोषणा गरेका हुन् ।

‘पछिल्लो समय हुँदै आएको देश र जनताको अहितका गतिविधिहरूप्रति मेरो निरन्तर फरक मत एवम् आपत्ति रहँदै आएको छ । तर पार्टीभित्र फरक मत राख्नेलाई निषेध गर्ने गुटगत मानसिकता हाबी भएको कारण देश र जनताको पक्षको हाम्रो बोलीलाई निरन्तर दबाउने कार्य हुँदै आएको छ’, विज्ञप्‍तिमा भनिएको छ ।

‘यथास्थितिवादी र प्रतिगामी तत्वहरुसँग गहिरो रुपमा एमालेले साँठगाँठ गरेको वर्तमान परिपेक्ष्यमा नेकपा एमालेले मुलुकलाई निकास दिन नसक्ने निष्कर्षसहित नेकपा एमालेको साधारण सदस्य समेत नरहनेगरी केन्द्रीय कमिटी सदस्यलगायत सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको सम्पूर्णमा जानकारी गराउँछु ।’

उनले एमालेले जसपा र राप्रपासँग गरेको चुनावी तालमेलको पनि आलोचना गरेकी छन् ।