एमाले सचिवालय बैठक सुरु, उम्मेदवारको टुंगो लगाइने - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
Logo

एमाले सचिवालय बैठक सुरु, उम्मेदवारको टुंगो लगाइने



काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारहरूबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा जारी बैठकमा पार्टीको तर्फबाट राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारहरूबारे छलफल हुने भएकाे हाे ।

एमालेको प्रदेश कमिटीले संभावित उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रमा पठाइसकेका बताइएको छ । प्रदेशबाट आएका नामहरूउपर छलफल गरी बैठकले उम्मेदवारको टुंगो लगाइने एमालेले जनाएको छ । राष्ट्रियसभाका रिक्त रहेका १९ जना सदस्यका लागि माघ १२ गते निर्वाचन हुँदैछ ।