एमालेका पूर्वसांसद रायमाझी पनि नेकपा 'एस'मा प्रवेश - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

एमालेका पूर्वसांसद रायमाझी पनि नेकपा ‘एस’मा प्रवेश



काठमाडौं- नेकपा एमाले पाल्पाका पूर्व-जिल्ला अध्यक्ष एवं पूर्व-सांसद यादवबहादुर रायमाझी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।

एमालेको केन्द्रीय सल्लाहकार परिषद् सदस्यसमेत रहेका रायमाझीले आइतबार पत्रकार सम्मेलन गरेर एमाले जिल्ला कमिटी सदस्यहरू धनबहादुर रायमाझी, देवीप्रसाद पौडेल, झलक रायमाझी, महेश बरालसहितका नेताहरु एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्।

नेता रायमाझीले नेकपा एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विधि विधानअनुसार सञ्चालन नगरी कम्युनिष्ट आचारणविपरीत सञ्चालन गरेकोले एमाले पार्टी परित्याग गरी एकीकृत समाजवादी पार्टी रोजेको बताए।