एमालेले घोषणापत्र ल्याएकै दिन भीम रावलको कडा वक्तव्य - Himal Post Himal Post
  • ३० फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 14 2025
Logo

एमालेले घोषणापत्र ल्याएकै दिन भीम रावलको कडा वक्तव्य



नेकपा एमालेका नेता भीम रावलले कमल थापा, राजेन्द्र लिङदेन, उपेन्द्र यादवलगायतसँग निर्वाचनमा गरिएको तालमेलका विषयमा प्रश्न उठाएका छन् ।

मंगलवार एमालेले जारी गरेको घोषणापत्रमा गठबन्धनबारे प्रश्न उठाइएकोप्रति लक्षित गर्दै एमालेको साँठगाँठको पनि औचित्य नभएको उनले बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा सन्देश लेख्दै भनेका छन्, ‘एमालेले भरखरै जारी गरेको घोषणापत्रमा ‘नीतिविहीन, उद्देश्यविहीन र गन्तव्यविहीन गठबन्धन सत्ता स्वार्थको माध्यम मात्र हो’ भन्ने भनाइ उचित हो । तर, कमल, राजेन्द्र, उपेन्द्र, एकनाथ र हृदयशसँग भएको साँठगाँठको औचित्य एमालेको कुनै सिद्धान्त, नीति र गन्तव्यले पुष्टि गर्दैनन् ।’

पार्टीले आगामी निर्वाचनका लागि टिकट नदिएपछि रावल पार्टी नेतृत्वप्रति असन्तुष्ट छन् । तर, आफूले पार्टी नछाड्ने उनले स्पष्ट पारिसकेका छन् ।