एमालेमा पोलिटब्युरो खारेज गर्ने प्रस्ताव - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

एमालेमा पोलिटब्युरो खारेज गर्ने प्रस्ताव



काठमाडौं– नेकपा एमालेमा पोलिटब्युरो कमिटी नरहने भएको छ। केन्द्रीय कमिटीपछि स्थायी कमिटी रहनेछ। अध्यक्षको नेतृत्वमा पदाधिकारी सदस्य रहेको केन्द्रीय सचिवालय गठन हुने व्यवस्था प्रस्तावित विधानमा गरिएको छ।

एमालेमा अध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव र ६ जना सचिव रहेको सचिवालय बन्ने छ। त्यस्तै महासचिवको नेतृत्वमा सचिव रहेको केन्द्रीय कार्यालय रहने प्रस्ताव गरिएको छ।

एमालेले बढीमा ४१ सदस्यीय स्थायी कमिटी गठन गर्ने प्रस्ताव विधानमा गरिएको छ। विधान महाधिवेशनमा प्रस्तुत मस्यौदामा केन्द्रीय सदस्य हुन कम्तीमा १५ वर्ष पार्टी सदस्य हुनुपर्ने व्यवस्था छ।