महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटी बनाउने एमालेको निर्णय - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटी बनाउने एमालेको निर्णय



काठमाडौं- बालुवाटारमा बसेको नेकपा (एमाले) को स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपमान्तरण गर्ने भएको छ ।

मंगलबार बसेको एमाले ओली पक्षीय स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने निर्णय गरेको हो ।

बैठकले असार १८ गते केन्द्रीय कमिटीको बैठक बोलाउने पनि तयारी गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।