एमाले नेता केसी र नेतृ चाैधरीबीच अवैध सम्बन्ध, जिउँदै शिशु फ्‍याकिन् सिँचाई नहरमा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

एमाले नेता केसी र नेतृ चाैधरीबीच अवैध सम्बन्ध, जिउँदै शिशु फ्‍याकिन् सिँचाई नहरमा



१९ कात्तिक,बर्दिया ।

नेकपा एमालेकी नेतृले अवैध रुपमा जन्माएको शिशुलाई जिउँदै सिँचाई नहरमा फ्याकेकी छन् । बर्दियाको मधुवन न.पा-४ ढोढरीकी हिराकुमारी चौधरीले श्रीमान हुँदाहुँदै अाफ्नै पार्टीका स्थानीय नेतासँगको अवैध सम्बन्धबाट जन्मिएको बच्‍चालाई सिँचाई नहरनमा फ्याकेकी हुन् ।

स्थानीय तह निर्वाचनमा मधुवन नगरपालिकाको उपमेयरकी उम्मेदवार चौधरीललाई प्रहरीले पक्राउ गरेको छ । उनले आफूले शिशुलाई नहरमा फ्याकेको स्वीकार गरेकी छन् । सोही नगरपालिका-६ का एमालेका स्थानीय नेता डम्मर के.सी.सँगको यौन सम्बन्धबाट बच्चा जन्मिएको प्रहरीलाई नेतृ चौधरीले बयन दिएकी छन् । बयनका आधारमा प्रहरीले केसीलाई पनि पक्राउ गरेको छ ।

स्थानीय तह निर्वाचनको क्रममा नेतृ चौधरीले आफू अरुजस्तो महिला नभएको भन्दै भोट मागेकी थिइन् । उनले शिशु फ्याकेको नहरको डिलमा भाषण गर्दै भनेकी थिइन् “म अरुजस्तो महिला होइन, म अन्याय सहदैन, कसैलाई अन्याय हुन दिन्न, मेरो पदलाई (उप मेयर) संबिधानले न्यायीक समितिको संयोजकको जिम्मेवरी समेत दिएको छ । तपाईँहरुले मलाई अमुल्य मत दिनुस् । म न्याय दिन्छु, समानता दिन्छु, शान्ती दिन्छ ।” नेतृ चौधरीले सात महिना यस्तो भाषण गरेको डिलमैबाटै अवैध शिशुलाई सिँचाई नरहमा फ्याकी छन् । उनको यो यस्तो भाषण स्थानीयले सम्झिरहेका छन् ।

मतदाताले उनलाई राम्रोसँग चिनेकै कारण भोट दिइनन्, एमाले नेतृ चौधरीले चुनाव हारिन् ।बर्दिया प्रहरीका अनुसार चौधरीले अस्ती शुक्रबार साँझ अवैध शिशुलाई नहरमा फ्याकेको बयन दिएकी छन् ।

प्रकाउ परेका के.सी.ले आफुलाई लगाएको आरोपको खण्डन समेत गरेका छन् । शुकबार सामाजिक संजालमा बच्चाको फोटो सार्बजनिक भएपछि केसीले यस्ता घटना घट्नुमा महिलामात्रै दोषी नभएको भन्दै प्रतिक्रिया दिएका थिए ।

प्रहरी हिरासतमा रहेकी एमाले नेतृ चौधरीका श्रीमान नेपाल प्रहरीमा जागिरे छन् ।