एमालेका तीन नेता पार्टीबाट निष्काशित - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

एमालेका तीन नेता पार्टीबाट निष्काशित



धनगढी : नेकपा एमालेले सुदूरपश्चिमका ३ जिल्लाका ३ जना नेतालाई कारबाही गरेको छ। एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले बुधबार उनीहरूमाथि कारबाही गरेको हो।

एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै प्रदेश कमिटीका सदस्यहरु जयराज पाण्डेय (कञ्चनपुर), प्रेम शाह (डोटी) र यज्ञराज बास्तोला (कैलाली) लाई पार्टीबाटै निकालिएको हो।

उनीहरुलाई पार्टीको विधानको धारा ८१ (१) बमोजिम साधारण सदस्यता समेत नरहने गरि निष्काशन गरिएको हो।

उनीहरूले आसन्न संसदीय निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको एमालेको ठहर छ। एमाले सुदूरपश्चिमले पार्टी विधानको धारा ८० (६) बमोजिमको गम्भीर अनुशासन उल्लंघन गरेको भन्दै उनीहरूमाथि कारबाही गरिएको जनाएको छ।