एमालेबाट निर्वाचित पालिका अध्यक्षले नै गरे पार्टी परित्याग - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

एमालेबाट निर्वाचित पालिका अध्यक्षले नै गरे पार्टी परित्याग



सिन्धुपाल्चोक- जिल्लाको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले नेकपा एमाले परित्याग गरेका छन् ।

पार्टीभित्र व्यक्तिवादी र सामन्तीवादी प्रवृति मौलाउँदै गएको भन्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

एमाले सिन्धुपाल्चोकको जिल्ला अध्यक्षका दावेदार रहेका क्षेत्रीले सहमतिमा नै नेतृत्व चयन गर्न आफूले मार्गप्रसस्त गरेपनि कुनै छलफल नभएको भन्दै विज्ञप्तीमार्फत चित्त दुखाएका छन् ।

२०३८ मा एमालेको विद्यार्थी संगठनबाट राजनीतिक जीवन सुरु गरेका उनले जिल्ला अध्यक्ष हुँदै अञ्चल कमिटी सदस्य तथा नवौं र दशौं महाधिवेशनमा राष्ट्रिय प्रतिनिधि परिषद्‍मा निर्वाचित भएका थिए ।