यी पाँच मापदण्ड नपुगेका नेताले एमालेबाट उम्मेदवार बन्न नपाउने - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

यी पाँच मापदण्ड नपुगेका नेताले एमालेबाट उम्मेदवार बन्न नपाउने



काठमाडौं- नेकपा (एमाले)ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उमेदवारको मापदण्ड तय गरेको छ । निर्वाचनमा कस्ट उम्मेदवार बन्लान भन्ने उत्सुकताबीच एमालेले मापदण्ड तयार गरेको हो ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय कमिटीको बैठकबाट उमेदवार बन्नका लागि पाँच मापदण्ड तय गरिएको हो ।

पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्ध हुनुपर्ने, लोकप्रियता र जितको सुनिश्चितता हुनुपर्नेलगायत मापदण्ड तय गरिएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

यस्ता छन् मापदण्ड
१. पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता
२. लोकप्रियता र विजयको सुनिश्चितता
३. आन्दोलनमा योग्दान र पार्टीप्रतिको निष्ठा
४. सन्तुलन र समावेशिता
५. निर्वाचन कानुनबमोजिमको योग्यता