एमाले-माओवादीको एकता पछी भातृ संगठनहरुको पनि एकता हुन्छ : एमाले नेता भट्टराई - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

एमाले-माओवादीको एकता पछी भातृ संगठनहरुको पनि एकता हुन्छ : एमाले नेता भट्टराई



नयाँ दिल्ली 

नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतासँगै भातृ संगठनहरुको पनि एकता हुने बताउनु भएको छ ।

भारतको राजधानी दिल्लीको भ्रमणका क्रममा सिए अध्यनरत एमाले-माओवादी समर्थक विद्यार्थी सङ्गठनका सदस्यहरूसँगको भेटमा एमाले नेता भट्टराईले छिट्टै एमाले-माओवादीको एकता हुने दाबी गर्दै त्यसपछि भातॄ सङ्गठनका साथै प्रवासमा रहेका दुवै प्रवासी सङ्घ र विद्यार्थी सङ्गठन पनि एकतावद्ध हुने बताउनु भयो ।

उहाँले अध्ययनलाई प्राथमिकता दिँदै बचेको समयमा पार्टीलाई समय दिन पनि विद्यार्थीहरूलाई आग्रह गर्नु भयो । भारतीय काँग्रेसको ८४  औँ महाधिवेशन र राजनीतिक दलका नेताहरूसँग भेट गर्न नेकपा एमालेका दुई छुट्टा-छुट्टै टोली भारत भ्रमणमा थियो।

भारतीय काँग्रेसको महाधिवेशनमा सहभागी हुन नेकपा एमाले नेता एवं पूर्वमन्त्री सुरेन्द्र पाण्डे र नेकपा एमालेका नेता एवं कञ्चनपुर क्षेत्र नम्बर ३  बाट सांसद दीपक प्रकाश भट्ट दिल्ली पुग्नु भएको थियो भने भारतीय राजनीतिक दलका नेताहरूसँग भेट गर्न भन्दै एमाले सचिव योगेश भट्टराई, सांसद कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय सदस्य सूर्य थापा, विष्णु रिजाल लगायतका नेता दिल्ली पुग्नु भएको थियो ।