आइजीपी नियुक्तीमा चर्कियो एमाले-माओवादी विवाद, ओली-प्रचण्ड छलफलमा - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

आइजीपी नियुक्तीमा चर्कियो एमाले-माओवादी विवाद, ओली-प्रचण्ड छलफलमा



काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक(आइजीपी) नियुक्तीबारे सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रबीच सहमति जुट्न नसक्दा टुंगो लाग्न सकेको छैन । नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले चैत २९ मा अवकाश पाउँदै छन् ।

मंगलबार विहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा आइजिपीको नियुक्तीबारे कुनै छलफल हुन सकेन । प्रधानमन्त्री ओलीले प्रहरी प्रमुख विवादरहित रुपमा विधिसम्मत ढंगले चयन हुने दावी गरेपनि दुई दलबीच कुरा नमिल्दा २६ औं आइजिपी नियुक्ती टुंगो लगाउन ढिलाई भएको प्रधानमन्त्री ओली निकट एक स्रोतले खबरडबलीलाई जानकारी दियो ।

स्रोतका अनुसार एमाले पुष्कर कार्कीलाइृ आईजीपी बनाउनुपर्ने पक्षमा देखिएको छ भने माओवादी केन्द्र सर्वेन्द्र खनालको पक्षमा उभिएको छ । प्रहरी नियमावली अनुसार नेपाल प्रहरीमा रहेका १२ जना डिआइजी नै आइजिपीका लागि योग्य मानिए पनि सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की दौडमा छन्।

स्रोतले दिएको जनकारी अनुसार आइजिपीबारे प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाबीच अनौपचारिक छलफल भइरहेको छ।