महाअभियोग प्रस्तावबारे एमालेलाई खबरै नगरेपछि… - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

महाअभियोग प्रस्तावबारे एमालेलाई खबरै नगरेपछि…



काठमाडौं- प्रमुख प्रतिपक्षी एमालेले प्रधानन्यायाधीशमाथि दर्ता गरिएको महाअभियोग प्रस्तावबारे छलफल गर्न सोमबार संसदीय दलको बैठक बोलाएको छ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार त्यसबारे सत्ता गठबन्धनले प्रतिपक्षीसँग कुनै पनि छलफल गरेको थिएन।

‘अरू मुद्दामा पनि जस्तै यसबारेमा पनि सत्ता गठबन्धनले हामीसँग छलफल गरेको छैन’ उनले भने ‘त्यसका लागि छलफल गर्न हामीले संसदीय दलको बैठक बोलाएका छौं। हाम्रो आधिकारिक धारणा त्यसपछिमात्रै आउँछ।’

सत्ता गठबन्धनका ९८ जना सांसदहरूले हस्ताक्षर गरेर आइतबार प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरूद्ध आइतबार संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए।